दल

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएन कार्यदलले, फेरि बैठक बस्ने

इकागज |
फागुन २६, २०७९ शुक्रबार १६:५९ बजे

काठमाडौं- उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन भन्दै बसेको नौ दलीय गठबन्धनको कार्यदलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

सिंहदरवारमा शुक्रबार अपरान्ह बसेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन नसकेको हो । भोलि शनिबार उम्मेदवार मनोनयन गर्नुपर्ने चुनावी तालिका रहेकाले आजै वा भोलि बिहान पुनः कार्यदलको बैठक बस्ने गरी बिहीबार बिनानिष्कर्ष टुंगिएको हो ।


निर्वाचन आयोगले खसआर्य समुदायका व्यक्ति र पुरुषलाई उपराष्ट्रपति बनाउन नमिल्ने बताएपछि गठबन्धनमा अन्योल देखिएको छ ।

बिहीबार कार्यदलको बैठक बसिरहेका बेला कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले फोन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग उपराष्ट्रपतिको उम्मेदवारबारे चासो जानकारी लिएका थिए । जवाफमा थपलियाले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने जानकारी गराए ।

पुरुष उम्मेदवार बन्न नपाउने भएपछि कार्यदलको बैठक पुनः बस्ने गरी टुंगिएको हो । ​

आठदलीय गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने तयारी थियो भने नागरिक उन्मुक्ति र जनमतले पनि उपराष्ट्रपतिमा दाबी गरेका छन् । 


Author

थप समाचार
x