दल

बालुवाटार बैठकमा प्रभु साह पनि, गठबन्धन आबद्ध दलको संख्या १० पुग्यो

इकागज |
फागुन २७, २०७९ शनिबार १०:५४ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ ९ दलीय गठबन्धनमा प्रभु साह नेतृत्वको आम आदमी पार्टी पनि समावेश भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा साह नेतृत्वको आम आदमी पार्टी पनि सहभागी भएको हो । सो बैठकले उपराष्ट्रपतिको उम्मेदवार चयन गर्नेछ ।


निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेभित्र उम्मेदवारको मनोनयनको लागि समयसिमा तोकेपछि गठबन्धनले बैठक बोलाएर उम्मेदवार टुंगो लगाउन लागेको हो  ।

गठबन्धन आवद्ध दलमध्ये जनता समाजवादी पार्टी नेपालले रामसहाय यादव, नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठ, जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेका छन् ।

निर्वाचन आयोगले पुरुषलाई उम्मेदवार बनाउन नसकिने भनेपछि गठबन्धन आबद्ध दलले नयाँ उम्मेदवार तय गर्ने कि साना दलले निर्णयलाई सदर गर्ने भन्ने बारेमा निर्णय लिनेछन् ।


Author

थप समाचार
x