दल

विवेकशील साझाले थप्यो १४ केन्द्रीय सदस्य

इकागज |
फागुन २८, २०७९ आइतबार १२:३२ बजे

काठमाडौँ- विवेकशील साझा पार्टीले थप १४ जनालाई केन्द्रीय सदस्य बनाएको छ । बागमती प्रदेशको तर्फबाट भक्तपुरका सुरज प्रधान र काठमाडौँका सुरेन्द्र रानाभाटलाई केन्द्रीय समिति सदस्यमा सर्व सम्मत चयन गरेको हो ।

पार्टीको शनिबारको बैठकले विवेकशील साझा पार्टीको विधानको २२/१ बमोजिम पार्टीमा निरन्तर कृयाशीलता, समावेशिता, भुगोल र प्रतिवद्धता जस्ता मापदण्डको आधारमा अगुवाहरूलाई केन्द्रीय समिति सदस्यमा सर्वसम्मत मनोनय गरेको हो ।


नवराज थापा - गोरखा ,रुस्तम अन्सारी – बारा, सूर्यदीप रेग्मी 'दिपक' – कर्णाली, चक्र न्यौपाने - ज्येष्ठ नागरिक । निर्जला कक्षपती – महिला, हरिश भट्ट - सुदूर पश्चिम । धनेज थापा,सरोज गौतम, मिलन परियार । निरन्जन चापागाँई - काठमाडौं ,शिशिर बन्जारा र चन्द्र श्रेष्ठलाई केन्द्रीय सदस्य बनाएको हो ।

बैठकले वार्षिक क्यालेण्डर निर्माण गरि पार्टी गतिविधि/आन्दोलन/अभियान तय गर्ने निर्णय गरेको छ । प्रदेशको अधिवेशन प्राथमिकताको अग्रभागमा राखी काम गर्ने र महाधिवेशन सन्देश' लिएर देशब्यापी यात्रा सुरु गर्ने निर्णय गरेको छ ।


Author

थप समाचार
x