दल

माओवादी धारका पार्टीले आज नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्दै

इकागज |
फागुन ३०, २०७९ मंगलबार ९:१३ बजे

काठमाडौँ - आज माओवादी धारका नेताहरूले नागरिक अगुवा र बुद्धिजीविहरूसँग छलफल गर्दैछन् । विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्न लागेका हुन् । 

गत २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरूसँग छलफल, अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो । 


सोही अनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् भने आज नागरिक अगुवाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । 
 


Author

थप समाचार
x