रासायनिक मलमा गरिएको मूल्यवृद्धिप्रति राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विरोध
फाइल फोटो
काठमाडौं - राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले रासायनिक मलमा गरिएको मूल्यवृद्धिको विरोध जनाएको छ । सरकारले रासायनिक मलको अनुदान कटौती गरेर मूल्यवृद्धि गरेको भन्दै संगठनले विरोध जनाएको हो ।
सरकारले कृषिमा अहोरात्र योगदान पुर्याउने किसानहरुको ढाड सेकिने गरी रासायनिक मलमा अनुदान कटौती गरी भारी मूल्यवृद्धि गरेको छ । कृषकलाई ठूलो आर्थिक भार पार्ने गरी गरिएको मूल्यवृद्धिप्रति हाम्रो राष्ट्रवादी संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,’ संगठनका संयोजक अधिवक्ता सुजित केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया