दल

उपराष्ट्रपतिमा सहमति जुटाउन सत्तारूढ गठबन्धनको बैठक बस्दै

इकागज |
चैत २, २०७९ बिहिवार ८:३० बजे

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । 

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटाउन नसकेपछि आज पनि बस्न लागेको हो  ।


गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी बनाउने प्रयास हिजो असफल भएपछि आज बस्न लागेको हो ।


Author

थप समाचार
x