दल

१० दलले संविधानको मर्ममाथि प्रहार गरेः अष्टलक्ष्मी शाक्य

इकागज |
चैत ३, २०७९ शुक्रबार १२:२ बजे

फाइल तस्बिर

काठमाडौँ - उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत 'ट्रेन' बसालिएको बताएकी छन् । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आवश्यक्ताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताइन् ।

उनले उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसाबबाट काम गर्न नसके पनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न  सकिने बताइन् । आफू उपराष्ट्रपतिमा जित्ने ढुक्क रहेको उनको भनाइ छ । ‘यो मेरो चाहनाको विषयभन्दा पनि आवश्यक्ताको विषय हो । पार्टीले पनि त्यो आवश्यक्ता महसुस गर्‍यो । यो अधिकार सम्पन्न पद होइन तर गरिमामय पद हो,' उनले भनिन्, 'त्यहाँ बसेर राजनीतिक हिसावले अधिकार नभए पनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिन्छ । म जित्नेमा ढुक्क छु । १० दल एकातिर बसे पनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने,संविधानको अपव्याख्या गरेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाको छ, यो एकदमै गलत भयो ।’



Author

थप समाचार
x