प्रधानमन्त्री प्रचण्डले राष्ट्रविरोधी काम गरिरहेको आरोप
सिपी गजुरेल भन्छन्- माओवादी एक भएका छैनौँ, गलत प्रचार भइरहेको छ
फाइल तस्बिर
काठमाडौँ - मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)का नेता सिपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रविरोधी कामहरू गरिरहेको आरोप लगाएका छन् । आइतबार इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले प्रधानमन्त्री दाहालले लगातार जनविरोधी र राष्ट्रविरोधी कामहरू गरिरहेको आरोप लगाए ।
जनताबीच लगेर ती कामलाई उजागर गर्न जरुरी रहेको उनको भनाइ छ । ‘प्रचण्ड र बाबुरामहरूले जे गरे त्यो प्रतिक्रान्ति थियो । उनीहरूले आत्समर्पण गरे । वर्गीय र दुश्मनविरुद्ध उनीहरूले आत्मसमर्पण गरिसकेपछि क्रान्तिले धक्का खायो,' उनले भने, 'त्यो बेलाको नेतृत्वले विश्वासघात गरेको छ । आत्मसमर्पण गरेपछि दुश्मनले अहिले हेपेर त्यस्ता निर्णय सुनाइरहेको छ ।'
सत्तामा रहेको माओवादी र विद्रोही माओवादीबीच कार्यगत एकताको प्रयास भए पनि सफल नभएको उनले बताए । माओवादीहरू डराएर एकजुट भए भन्ने कुरा गलत रहेको उनले बताए । अहिले पनि माओवादीहरू एक ठाउँमा नरहेको उनले स्पष्ट पारे । 'माओवादी सबै मिले भन्ने प्रचार भएको छ तर, हामी सबै मिलेका छैनौँ। केही पनि मिलेको छैन,' उनले भने, 'सत्तामा भएको माओवादीसँग भइरहेको छलफल कार्यगत एकताको लागि मात्रै भएको हो भनेका छौँ तर मिडियाले डरले सबै मिले भनिरहेका छन् । जुन गलत हो ।’
नेता गजुरेलले जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा सजाय गराउने पक्षमा अदालत रहेको बताए । १६ वर्षसम्म प्रक्रियाबाट न्याय दिन नसकेपछि अब जनयुद्धका मुद्दाहरू अदालतले फैसला गर्ने योजनाअनुसार अघि बढिरहेको बताए । माओवादी नेतृत्वले विश्वासघात गर्दा सबै माओवादीहरू अहिले दुरावस्थाबाट गुज्रिनु परेको उनको भनाइ छ ।
विश्वकप लिग टु क्रिकेटको आफ्नो अन्तिम खेलका क्रममा प्रधानमन्त्रीका रूपमा दर्शक बनेर कीर्तिपुर खेल हेर्न पुग्दा प्रधानमन्त्रीविरुद्ध नाबाजी लागे पनि प्रधानमन्त्रीलाई लाज नलागेको बताए । गणतन्त्र पछिको समाजवादउन्मुख व्यवस्थाले झनै विसंगति पैदा गरेको उनको आरोप छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया