प्रधानमन्त्रीका कारण विदेशी सम्बन्ध बिग्रियो : अध्यक्ष ओली
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय हितलाई कमजोर बनाएको आरोप लगाएका छन् ।
सोमबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री दाहाल प्रधानमन्त्री बनेको भोलिपल्टबाटै इमान बिर्सिएर अस्थिरतातर्फ गएको आरोप लगाए । अध्यक्ष ओलीले पार्टीमा दाहाल जंगबहादुर झै रहेको उल्लेख गरे ।
उनले प्रधानमन्त्री दाहाल राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको आरोप पनि लगाए । उनले प्रधानमन्त्री दाहालले वैदेशिक सम्बन्धलाई अविश्वसनीय बनाएको बताए ।
अध्यक्ष ओलीले मित्र राष्ट्रसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेकाले प्रधानमन्त्रीलाई संसद्मा विश्वास गर्न नसकिने स्पष्ट पारे । उनले गठबन्धनका स्वार्थीहरूले प्रधानमन्त्रीमा विश्वासको मत दिए पनि आफ्नो पार्टीले उनलाई विश्वासको मत नदिने बताए ।
अध्यक्ष ओलीले अब संसदीय समिति बन्न लागेकाले आफूले योगदान गर्नसक्ने समितिको चयन गर्न पार्टीका सांसदहरूलाई आग्रह गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया