दल

लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वाभाविक: नेम्वाङ

इकागज |
चैत ६, २०७९ सोमबार १८:४३ बजे

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वाभाविक भएको बताएका छन् ।

सोमबार संसद् भवनमा संचारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफू संसदीय मूल्य मान्यतामा विश्वास गर्ने भएकाले संसदीय प्रणाली र लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वाभाविक भएको बताएका हुन् । उनले प्रधानमन्त्रीको विश्वासको मतलाई हार्दिकता र सामान्य रूपमा लिएको जिकिर गरे ।


त्यस्तै कांग्रेस नेता जीवन परियारले नयाँ राजनीतिक घटनाक्रम अनुसार विश्वासको मत लिएको र अब सरकार सहज रूपमा चल्ने बताए । सरकारलाई अब गठबन्धन दलहरूले सहयोग गर्ने र पूर्णकालीन अवधिमा चल्न मद्दत गर्ने उनको भनाइ छ ।

त्यस्तै माओवादी केन्द्रका नेता जनादर्न शर्माले शान्ति, लोकतन्त्र स्थायित्वका लागि अहिले प्राकृतिक गठबन्धन भएको र संसद्को पूर्ण कार्यकालसम्म अघि बढ्ने बताए ।

उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै संविधानको रक्षाका लागि अघि बढ्नुपर्ने बेला आएको धारणा राखे ।


Author

थप समाचार
x