दल

जनसरोकारका विषय पहिचान गर्न स्थानीय कमिटीहरूलाई एमालेको निर्देशन

इकागज |
चैत ७, २०७९ मंगलबार १५:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले जनसरोकारका विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरूलाई निर्देशन दिएको छ ।

एमालेका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिका स्तरीय कमिटीहरूलाई निर्देशन दिइएको बताएका हुन् । एमाले उपत्यका विशेष प्रदेश कमिटीले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजना गरेको ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण’ कार्यक्रम बोल्दै उनले चैत्रको २० देखि २५ गतेसम्म ५ दिन पालिका स्तरका जनसरोकारका विषयमा रिपोर्टिङका लागि पालिका स्तरीय कमिटीहरूलाई समय तोकिएको पनि स्मरण गराए ।


त्यसैगरी २५ देखि ३० गतेसम्म जिल्लाले आफ्नो सो विषयको रिपाेर्ट बनाउनुपर्ने उपमहासचिव रिमालको भनाइ थियो ।​

उपमहासचिव रिमालले पार्टीका स्थानीय कमिटीहरूले किसानले भोगिरहेका समस्याबारे, त्यहाँको भौतिक पूर्वाधार क्षेत्रको विकासबारे पनि पार्टीको माथिल्लो कमिटीलाई रिपोर्टिङ गर्नुपर्ने योजना तय गरिएको बताए । पार्टीले जनताको पक्षमा काम गर्नका लागि पनि पार्टी कमिटीहरूले रिपोर्टिङ​को कामलाई अघि बढाउनुपर्ने उनको तर्क थियो ।


Author

थप समाचार
x