दल

जसपा कार्यकारिणी समितिको बैठक बस्दै

इकागज |
चैत ८, २०७९ बुधबार ६:३७ बजे

काठमाडौं - जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ ।​ बैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्न जसपाको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।  

मुख्यतः बारा–२ को रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा चलिरहेको बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बारा–२ का प्रतिनिधिसभा सदस्य रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भए पछि रिक्त सो निर्वाचन क्षेत्रमा अध्यक्ष यादवले उम्मेदवारीको तयारी गरेका हुन् । 



Author

थप समाचार
x