दल

प्रचण्डलाई राजेन्द्र लिङ्‌देनको प्रश्‍न : हेर्दाहेर्दै मान्छेको मुख थुन्‍नुपर्ने कस्तो दिन आयो ?

इकागज |
चैत ८, २०७९ बुधबार ८:४५ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्‌देनले जनताको मुख थुन्‍नेभन्दा माग पुरा गराउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित बानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरेपछि प्रहरीले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङ्‌देनले सो सुझाव दिएका हुन् । 


‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? प्रधानमन्त्रीज्यू, चाँडोभन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस्, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस्,जो सम्भव छ,’ लिङ्‌देनले टविट गर्दै भनेका छन्, ‘अन्यथा मुख थुनेर त, के बन्दुकले पनि आवाजहरू थुनिन्‍न, जो तपाईं स्वयमलाई थाहा छ।’


Author

थप समाचार
x