दल

६ वटा कम्युनिष्ट पार्टी निकट किसान संघ संगठनले गरे माइतीघरमा प्रदर्शन

इकागज |
चैत ८, २०७९ बुधबार १५:१६ बजे

काठमाडौँ - किसानका विभिन्न माग पुरा गर्नुपर्ने माग राख्दै विभिन्न ६ वटा कम्युनिष्ट पार्टी निकटका किसान संघ महासंघले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघलगायतका संगठन आबद्ध संयुक्त किसान संघर्ष समितिले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । 


उनीहरुले लघुवित्तको ज्यादती रोक्नु पर्ने , मिटरब्याजीका कारण कृषक पलायन हुनुपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । रासायनिक मलखादको समस्यालाई तत्काल समाधान गर्नुपर्ने, सरकारसंग यसअघि भएको सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका मागका साथ राज्यलाई ध्यानाकर्षण गराउन सांकेतिक विरोध प्रदर्शन गरेको नेकपा एस निकट अखिल नेपाल किसान संगठनका अध्यक्ष बलराम बास्कोटाले बताए । 

उनीहरूले कृषिमा वैदेशिक लगानी हुन नहुने, भूमि बैंक खारेज गर्नु पर्ने लगायतका माग समेत राखेका छन् । शान्तिपूर्ण विरोधका कार्यक्रमबाट आफ्ना मागहरु सुनुवाइ नभए सशक्त आन्दोलन गर्ने संघर्ष समितिको चेतावनी छ । 


Author

थप समाचार
x