सत्तारुढ दलहरू छिट्टै सरकार विस्तार गर्न सहमत
फाइल फोटो
काठमाडौँ - सत्तारुढ दलहरूले सरकार विस्तार गर्ने सहमति गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ दलको बैठकमा उनीहरू सरकार विस्तार गर्न सहमत भएका हुन् । बैठकले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
बैठकमा मन्त्रीहरूको भागबन्डाबारे भने कुनै छलफल नभएको उनले बताए ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया