लोसपा केन्द्रीय समिति बैठक बस्दै, सरकारमा जाने-नजानेबारे निर्णय लिने
काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न कार्यकारिणी समितिको बैठक बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपाले सरकारमा सहभागी हुने नेताको छनौट तथा मुख्यतः बारा–२ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारी चयन गर्न बैठक बोलाएको कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिए ।
लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरे पनि सत्तारुढ गठबन्धनमा साझा उम्मेदवार तय गर्ने अवस्थामा के गर्ने ? भन्नेबारेमा पनि बैठकमा छलफल हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया