दल

समावेशी लोकतन्त्रको सिद्धान्तअनुसार सञ्चार नीति ल्याउन सरकारलाई उपमहासचिव गुरुङको आग्रह

इकागज |
चैत ९, २०७९ बिहीबार १४:२८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सरकारले सामुदायिक रेडियोका लागि छुट्टै कानुन बनाउनुपर्ने बताएका छन् ।

बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपमहासचिव गुरुङले व्यापक समावेशी लोकतन्त्रको सिद्धान्तमा टेकेर सरकारले सामुदायिक रेडियोको संरक्षणका लागि सञ्चार नीति बनाउनुपर्नेमा जोड दिए ।


उनले अहिलेको परिस्थिति अनुसार नीतिहरू निर्माण हुनुपर्ने बताउँदै कानुन परिवेश अनुसारका कानुन निर्माण गर्न आग्रह गरे । उनले नेपालको सञ्चार नीति बदलिँदो परिस्थितिअनुसार नरहेको बताए ।

सञ्चार नीतिमा टेकेर सामुदायिक रेडियोका लागि मात्रै सरकारले कानुन ल्याए मात्रै सामुदायिक रेडियोहरू व्यवस्थित हुनसक्ने गुरुङकाे भनाइ छ । उपमहासचिव गुरुङले सामुदायिक रेडियोलाई कसरी संरक्षण गर्ने भन्ने बारेमा राज्यको विशेष भूमिका हुन आवश्यक रहेको उल्लेख गरे ।

उपमहासचिव गुरुङले राज्यले सामुदायिक रेडियोको संरक्षणका लागि विधेयक ल्याउँदा रेडियो संरक्षणका लागि आफ्नो पार्टी सदैव अग्रसर रहने प्रतिबद्धता जनाए ।


Author

थप समाचार
x