दल

प्रधानमन्त्री प्रचण्डको प्रशंसा गर्दै प्रभु शाहले भने- केही गरौं भन्‍ने इच्छाशक्तिका साथ काम गरिरहनु भएको छ

इकागज |
चैत १०, २०७९ शुक्रबार १३:४८ बजे

फाइल तस्बिर

काठमाडौँ - आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताएका छन् । सरकारमा जाने तयारीमा रहेका उनले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा विकास तथा निर्माणको कामले गति लिने बताए । 

शुक्रबार काठमाडौंमा आयोजित आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष साहले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै जनताले बैंकबाट ऋण लिन नपाउने अवस्थाका अन्त्य गर्न सरकार गम्भीर हुने आशा आफूले गरेको पनि बताए । ‘अहिले प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहनु भएको छ,' उनले भने, 'हामीले आशा राखौं–उहाँको कार्यकालमा यो चुनौतिहरुमा सुधार होस् । यो गतिहरूमा नयाँ रफ्तार समातोस् भन्ने विश्वास हामी प्रकट गर्न चाहन्छौँ । अहिले मुलुकमा पैसाको हाहाकार छ । किसान मारमा छन । प्रधानमन्त्री निवास, संसद् भवन निर्माणको अवस्था बेहाल छ । जनताले धितो राखेर पनि बैंकबाट पैसा पाइराखेको छैन । उत्पादनको लागि पैसा पाइराखेको छैन । पाएको पैसा पनि बैकिङ मनोमानीले जनतालाई थला पारिसक्यो ।’



Author

थप समाचार
x