दल

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो - रघुजी पन्त

इकागज |
चैत १२, २०७९ आइतबार १४:५६ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद मात्रै भएको बताएका छन् । 

प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उनले राष्ट्रपति संस्थालाई विवादमा ल्याउन नहुने भन्दै राष्ट्रपतिलाई सल्लाहकार होइन विज्ञ मात्र आवश्यक रहेको उल्लेख गरे । 


पूर्वमन्त्री पन्तले भने, 'हालको अभ्यास र प्रणालीलाई बलियो बनाउनुपर्छ, परराष्ट्र मामिलासम्बन्धी विषय परराष्ट्र मन्त्रालयका आधारमा मात्र  चल्नुपर्छ । कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपति नियुक्ति गर्न मिल्दैन ।'
रासस


Author

थप समाचार
x