कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सर्यो
काठमाडौं- मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सरेको छ ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार बिहान ९ बजेका लागि बोलाइएको बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे बस्ने भएको हो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठक कांग्रेस पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया