एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली
गुल्मी- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी देशको विकास र लोकतन्त्रको पक्षमा रहेको स्पष्ट पारेका छन् । एमाले गुल्मीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज एमाले जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको बृहत् प्रशिक्षण कार्यक्रममा उनले पार्टीमाथि चौतर्फी आक्रमण भएको दाबी गरे ।
पार्टी र सङ्गठनलाई दरिलो बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले कार्यकर्तालाई निरन्तर पार्टीको काममा खटिन निर्देशन दिए । उनले भने, 'पार्टी निरन्तर चलायमान हुनुपर्छ, गतिशील बनाउनुपर्छ ।' एमाले पार्टीमा बिर्सेर पनि गैरएमाले प्रवृत्ति गर्ने र पार्टीलाई धमिलो बनाउने काम गर्न छुट नभएको अध्यक्ष ओलीले स्पष्ट पारे ।
कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण बिष्ट लगायतका केन्द्रीय नेताहरूले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई पूरा गर्न पनि एमाले राष्ट्रिय शक्ति बन्न आवश्यक रहेको औँल्याएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया