मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउने एकीकृत समाजवादीकाे निर्णय
काठमाडौँ- नेकपा एकीकृत समाजवादीले मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउने जनाएको छ ।
पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको समाजवादीको सचिवालय बैठकले सरकारमा सहभागिताका लागि तीन मन्त्रालयमा दाबी गरेको भन्दै मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउने निर्णय गरेको हो ।
बैठकपछि पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुने विषयमा पार्टीको कार्यदलले छलफल गरिरहेको र मन्त्रालयको टुङ्गो लागेपनि नाम बुझाउने बताए । सीटको बाँडफाँट ढिला भएका कारणले मन्त्रीको नाम दिन नपाएको उनको भनाइ छ ।
त्यस्तै बैठकले पार्टीका उपाध्यक्ष केदार न्यौपाने र स्यायी कमिटीका सदस्य चुडामणि जङ्गलीले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए । बैठकले मिटरब्याजविरुद्ध आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउने निर्णय गरेको खतिवडाले बताए ।
मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्ने र दोषीमाथि कारबाही गर्न पनि बैठकले माग गरेको खतिवडाले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया