गठबन्धन बैठकमा प्रधानमन्त्रीले पेस गरे सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा
काठमाडौं- सत्तारूढ गठबन्धनका नेताहरूको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गरेका हुन् । उक्त मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएकाे र भोलि त्यसमा छलफल हुने उनले बताए । न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने नेता लेखकले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया