दल

'सरकारको साझा न्युनतम कार्यक्रमले भोलिसम्म अन्तिम रुप पाउने'

इकागज |
चैत १५, २०७९ बुधबार १९:३९ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबारसम्ममा सरकारको साझा न्युनतम कार्यक्रमले अन्तिम रुप पाउने बताएका छन् । 

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारको साझा न्युनतम कार्यक्रमले भोलिसम्ममा अन्तिम रुप प्राप्त गर्ने बताए । 


उनले कार्यक्रमको ड्राफ्ट सत्तारुढ गठबन्धनका नेताहरु समक्ष पुगेको र आवश्यक संशोधनका लागि आज साँझ ५ बजेसम्मका लागि समय दिइएको जानकारी दिए ।  आज ५ बजेसम्ममा कुनै संशोधन आएमा आवश्यक संशोधन गरी भोलीसम्ममा तयार पारिने उनको भनाई छ ।

उनले भने,  ‘न्युनतम कार्यक्रम बनिराखेको छ । साझा न्यूनतम कार्यक्रममा काम भइराखेको छ । हामीले ड्राफ्ट गरिसकेका छौँ । त्यो ड्राफ्ट प्रस्तुत भएको छ सरकारसँग जोडिएका दलहरुका नेताहरुका बीचमा । आज पाँच बजेसम्ममा कसैको त्यसमा संशोधन, केही कुरा थप्नुपर्ने, केही कुरा झिक्नुपर्ने, केही सुधार गर्नुपर्ने कुरा भयो भने गर्ने । भोलि सम्ममा साझा न्युनतम कार्यक्रमले अन्तिम रुप प्राप्त गर्छ । मन्त्रीहरुको शपथ पनि चाँडै हुन्छ ।’ 

उनले मन्त्रीहरुको सपथ पनि चाँडै हुने प्रतिक्रिया दिए । 


Author

थप समाचार
x