कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भन्छन्-
'मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन'
फाइल तस्बिर
काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरूलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताएका छन् । बुधबार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी पीडितहरूलाई भेट्न ढिलो गर्नु नहुने बताएका हुन् ।
उनले मिटरब्याजी पीडितहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईंबाट हिँड्दै आएका नागरिकलाई अविलम्ब भेट गर्न आग्रह गरे । महामन्त्री शर्माले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरूको मुद्दा सम्बोधनको प्रक्रिया शुरु हुनु रहेको बताए ।
उनले मिटरब्याजी पीडितहरूले उठाएका मुद्दाहरूको सम्बोधनका लागि आवश्यक कानून निर्माण गर्न र संसदमा छिटो भन्दा छिटो कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । उनले मिटरब्याजी पीडितहरू कुनै पनि राजनीतिक दलको छत्रछायाँमा रहेको भए पनि उनीहरूको माग सम्बोधन गर्नु सरकारको दायित्व भएको बताए ।
महामन्त्री शर्माले अहिलेको परिस्थितिमा मिटरब्याजी पीडितहरूको मुद्दा सम्बोधन गर्नु नै राजनीतिक दल र राज्यको कर्तव्य भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया