स्वर्णिमले कांग्रेस छाडेपछि गुरु घिमिरेले भनेः राजनीति गर्ने मानक सम्पत्ति र नाता रह्यो
काठमाडौँ- स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसमा फर्काउन गुरुराज घिमिरेले आग्रह गरेका छन् । उनले टवीटरमा लेख्दै भनेका छन,’ यसैको दृष्टान्त हो, स्वर्णिमको कांग्रेस परित्याग । कांग्रेसको ढुकढुकी अझै बाँकी छ भने । स्वर्णिमलाई घर फर्काउनुहोस अन्यथा राम राम !!’
नेपाली कांग्रेसमा राजनीति गर्ने आधारभूत योग्यता वा मानक सम्पत्ति र नाता मात्र रहेको घिमिरेले टिप्पणीले गरेका छन् । उनका अनुसार सन् १९११मा रिचर्ड मिसेलले निकालेको निष्कर्ष अनुसार कुलिनतन्त्रको चरित्र हो यो।
वाग्लेले आज पार्टी परित्यागको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
‘वि. स. २०४२ सालको 'सत्याग्रह' र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ वाग्लेले लेखेका छन् ।
वाग्लेले कांग्रेस-कम्युनिष्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने बताएका छन् ।
‘अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ वाग्लेले भनेका छन्,’ पछिल्ला वर्षहरूमा काँग्रेस पार्टीभित्रका गतिविधिहरू नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ।‘
ने. कां.मा राजनीति गर्ने आधारभूत योग्यता वा मानक सम्पत्ति र नाता मात्र रह्यो।सन् १९११मा रिचर्ड मिसेलले निकालेको निष्कर्ष अनुसार कुलिनतन्त्रको चरित्र हो यो।यसैको दृष्टान्त हो,स्वर्णिमको कांग्रेस परित्याग!कांग्रेसको ढुकढुकी अझै बाँकी छ भने स्वर्णिमलाई घर फर्काउनुस्,अन्यथा राम राम!!
— Gururaj Ghimire (@ghimire_gururaj) March 30, 2023
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया