दल

मालदार मन्त्रालयमा १० औं करोडको डिल हुन्छन् : रास्वपा नेता वाग्ले

इकागज |
चैत १८, २०७९ शनिबार १७:२ बजे

काठमाडौँ- अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताएका छन् ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पैसाले राजनीतिलाई धेरै नै मलजल गरेकाले यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेको बताए । उनले पैसाका कारण लोकतन्त्र पनि विकृत हुँदै गएको उल्लेख गरे ।


डा. वाग्लेले परम्परागत र पुराना पार्टीहरूमा टिकट पैसामा किनबेच हुने गरेको आरोप लगाए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीमा भने ढुक्कसँग टिकट पाएको बताए । उनले मालदार मन्त्रालयमा १० औं करोडको डिल हुने गरेको पनि उल्लेख गरे ।

डा. वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेको उत्तराधिकारीका रूपमा आफू तनहुँबाट विजयी हुने दाबी गरे । उनले आफू पछि फर्किने नभइ अघि बढ्नका लागि नै रास्वपा प्रवेश गरेको बताए ।


Author

थप समाचार
x