प्रधानमन्त्रीले मैले यस्तो काम गर्छु भन्नै पर्दैन जनताले परिणाम देखेपछि आफैँ भन्छन् : महामन्त्री थापा
फाइल फोटो
बाँके - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई परिणाम आउने गरी काम गर्न सुझाव दिएका छन् ।
नेपाली कांग्रेस, बाँकेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले तीन महिनाभित्र कुनै मन्त्रीले बाहिर अनुहार नदेखाएर परिणाम आउने गरी काम गर्न सुझाव दिए ।
उनले पाँच महिनासम्म पनि परिणाम नआए जनताको धैर्यता टुट्ने उल्लेख गर्दै त्यसैका कारण मुलुक दुर्घटनामा पर्न सक्ने बताए । 'प्रधानमन्त्रीले मैले यस्तो काम गर्छु भन्नै पर्दैन जनताले परिणाम देखेपछि आफैँ भन्छन्', महामन्त्री थापाले भने ।
उनले सरकारले परिणाममुखी काम गर्न सके त्यसले लय समात्ने बताउँदै सरकारको स्थिरताको लाभ जनताले लिन सक्नुपर्नेमा जोड दिए ।
महामन्त्री थापाले चुनाव जित्ने विषयमात्रै सबैथोक नभएको भन्दै आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनावमा जाने बताए । 'हामी अब विसं २०८४ को निर्वाचन आफ्नै तागतमा लड्नुपर्छ', उनले भने ।
शान्ति प्रक्रियाको काम नेपाली कांग्रेसले सुरु गरेकाले यसलाई निष्कर्षमा पुर्याउन आवश्यक भएकामा जोेड दिँदै युद्धमा स्वच्छेचारी ढङ्गले भएका हत्या र अपराधलाई उन्मुक्ति दिन नहुने बताए ।
नेपाली कांग्रेसकी राष्ट्रियसभामा सचेतक अनिता देवकोटाले शान्ति प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुङ्गोमा पुर्याउनुपर्ने बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया