दल

कांग्रेसले गर्‍यो गोविन्दराज जोशी  र विकास कोइराला विरुद्धको कारबाही फुकुवा

इकागज |
चैत १९, २०७९ आइतबार १४:१८ बजे

फाइल फोटो

काठमाडौं - नेपाली कांग्रेसले निर्वाचनका बेला अनुशासन उल्लंघन गरेको भन्दै नेतामाथि गरेको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले निर्वाचनका बेला बागी उम्मेदवारी दिएकाहरूमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो । 


बैठकले तनहुँ १ मा दुईपटक स्वतन्त्र उम्मेदवार बनेका गोविन्दराज जोशी र चितवनको तत्कालीन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बनेका विकास कोइरालाको कारबाही फुकुवा गरेको हो । 
 


Author

थप समाचार
x