दल

उपेन्द्रलाई जिताउन बारा कांग्रेसले बोलायो बैठक

इकागज |
चैत २१, २०७९ मंगलबार २२:१ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिले बैठक बोलाएको छ । बारा क्षेत्र नम्बर २ बाट गठबन्धनको उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई जिताउन कांग्रेसले बाराको कलैयामा चैत २२ गते बैठक बोलाएको हो । 

जिल्ला कार्यसमिति बाराले समितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू, जिल्ला भित्रका केन्द्रीय पदाधिकारी एवं सदस्यहरू, मधेस प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रतिधिनिसभा क्षेत्रीय सभापतिहरूलगायत पार्टीका विभिन्न तह र तप्काका नेताहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ । 


बारा क्षेत्र नम्बर २ मा कांग्रेसले उपेन्द्रलाई नै सहयोग गर्ने भएको छ ।


Author

थप समाचार
x