दल

वर्तमान सरकारले सोचेजस्तो लय समात्न सकेन : गगन थापा

इकागज |
चैत २२, २०७९ बुधबार १६:११ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले सोचेजस्तो लय समात्न नसकेको बताएका छन् । 

बुधबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै थापाले तीव्र रुपमा अघि बढ्नुपर्ने सरकार अझै अलमलमा रहेको र सोचेजस्तो लय समात्न नसकेको बताउएका हुन् । 


थापाले अहिलेको सरकारलाई हिडेर अघि बढ्ने समयको सुविधा नरहेको बताए । उनले गएको १०–१५ वर्ष खेर फालेको भन्दै अव कांग्रेस समेत सहभागी वर्तमान सरकारलाई गल्ती गर्ने कुनै छुट नभएको जिकिर गरे । 

पाँच महिनाभित्र सरकारले गति लिन थाल्यो भने लक्ष्यमा पुग्ने महसुस जनतालाई हुने उनको भनाइ छ । उनले अहिलेको अवस्थामा राष्ट्रपति, प्रधानमन्त्रीले नै अनावश्यक खर्च कटौती गरेर अप्ठेरो अवस्थालाई सहज बनाउनुपर्ने बताए  । थापाले प्रधानमन्त्री र मन्त्रीहरूले फुर्सद नलिई काम गरे सकारात्मक वातावरण बन्ने धारणा राखे । 

उनले मुलुकको आर्थिक समस्या समाधान हुन नसकेको अवस्थामा अर्थतन्त्रलाई सुधार गर्न परनिर्भरतालाई कम गर्नुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x