वायुसेवा निगमले आफूलाई अझै विश्वसनीय बनाउन सकेन : प्रदीप पौडेल
फाइल फोटो
काठमाडौँ - नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले नेपाल वायुसेवा निगमले आफूलाई अझै विश्वसनीय बनाउन नसकेको बताएका छन् । नेपाल वायुसेवा निगम कर्मचारी संघको नवौं केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता पौडेलले वायुसेवा निगमका जहाजहरु अझैपनि तोकिएको समयमा नउड्नाले आम नागरिकहरुमा धेरै समस्या देखिएको बताए । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले नेपाल वायुसेवा निगमले आफूलाई अझै विश्वसनीय बनाउन नसकेको बताएका छन् ।
नेपाल वायुसेवा निगम कर्मचारी संघको नवौं केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता पौडेलले वायुसेवा निगमका जहाजहरु अझैपनि तोकिएको समयमा नउड्नाले आम नागरिकहरुमा धेरै समस्या देखिएको बताए । उनले अझैपनि नेपाल एयरलाइन्सको टिकट काट्ने भनेको फुर्सद हुने मानिसहरूले मात्रै हो भन्ने भाष्य समाजमा स्थापित रहेको बताए ।
नेता पौडेलले नेपाल वायुसेवा निगमका जहाजमा धेरै प्राविधिक समस्या आउने, पाँग्रा मागेर चलाउनुपर्ने र एउटा पाइलटको विकल्पमा अर्को पाइलट तत्काल बोलाउन नसक्ने स्थिति रहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए । उनले नेपाल एयरलाइन्सलाई व्यवस्थित रुपमा सञ्चालन गर्न जरुरी रहेको बताए । सरकारले पनि नपाल वायुसेवा निगम व्यवस्थापन गर्न आवश्यक कदम चाल्न नसकेको गुनासो गरे ।
उनले भने, ‘आज प्रतिष्पर्धात्मक यो बजारमा यसले आफूलाई विश्वसनीय बनाउन सकेको छैन । ठ्याक्कै व्यवहारिक ढंगबाट भन्दा नेपाल एयरलाइन्सका जहाजहरु तोकिएको समयमा कमै उड्छन् । अहिले त कस्तो छ भने नेपाल एयरलाइन्सको टिकट काट्यो भने फाइभ स्टार होटलमा बस्न पाइन्छ । धेरै हतार नभएका मान्छेहरूले मात्रै यो टिकट काट्ने परिस्थिति हो की जस्तो देखिन्छ । त्यसैले यसलाई व्यवस्थित ढंगबाट, पाँग्रा मागेर चलाउनुपर्ने, त्यसको टेक्निकल पार्ट म बुझ्दिन, एउटा पाइलटको विकल्पमा अर्को पाइलट तत्काल निकाल्न नसक्ने, यहीँ नेपालका शहरमा नै समयमा जहाज उड्न नसक्ने, यी कुरालाई व्यवस्थित ढंगबाट अघि बढाउन जरुरी छ । यसको व्यवस्थापन पक्षमा धेरै त्रुटीहरू देखिन्छ । सरकारले यसलाई व्यवस्थापन गर्ने पक्षमा काम गर्न पनि सकेको छैन, मन्त्री आउँछ, यति मान्छे नियुक्ति गर् भन्छ, सित्तैमा टिकट दे लगायतका गतिविधि र समस्याहरू भएका छन् । कसैले संस्थाको अहितमा निर्देशन गर्छ भने त्यसमा नमान्नुस् । माथिदेखि तलसम्म सुधार गर्नुपर्ने धेरै विषय छन्, इच्छाशक्ति हामीमा चाहिन्छ ।’
सांसद पौडेलले श्रमजीवीका खास समस्या सम्बोधन गर्न अझै नसकिएको बताए । उनले अहिलेसम्म पनि नेपाली समाज श्रमजीवीलाई सम्मान गर्नसक्ने स्थितिमा नरहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया