नदी प्रदूषित गर्ने उद्योगीलाई कारबाही गर्न सांसद यादवको माग
काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले बारा र पर्सा जिल्लाको सिमानामा पर्ने सिर्सिया नदी प्रदूषित गर्ने उद्योगहरूलाई कारबाही गर्न माग गरेका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले सिर्सिया नदी किनारामा विभिन्न उद्योगहरू सञ्चालनमा रहेका र ति उद्योगबाट निस्किने रासायनिक पानी सिधैं नदीमा मिसाउँदा नदी प्रदूषित भएको बताए । उनले नदी प्रदूषित हुँदा मानिस र पशुचौपायालाई समेत छालासम्बन्धी विभिन्न रोगको संक्रमण भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
उनले अविलम्ब नियम मिचेर काम गर्ने उद्योगीहरूलाई कारबाही गर्न सरकारसँग माग गरे ।
सांसद यादवले उद्योगीहरूले बदमासी गरेको कुरा थाहा पाउँदा पाउँदै पनि सरकार मुकदर्शक भएको आरोप लगाए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया