दल

सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम ५ वर्षका लागि हो : सांसद पाण्डे

इकागज |
चैत २३, २०७९ बिहीबार १८:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले न्यूनतम साझा कार्यक्रम सरकारमा रहेका दलहरूले आफ्नो राजनीतिक विचारअनुसार निर्माण हुने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि संसद् बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यूनतम साझा कार्यक्रम दलहरूले आफ्नो राजनीतिक विचारअनुसार निर्वाचनमा जनतासँग गरेका वाचाहरूलाई समेटेर बनाउने दस्ताबेज रहेको उल्लेख गरे । उनले अहिलेको नीति तथा कार्यक्रम ५ वर्ष नै कायम रहने दाबी गरे ।


उनले भने, ‘न्यूनतम साझा कार्यक्रम सरकारमा रहेका दलहरूले आफ्नो राजनीतिक विचारअनुसार निर्वाचनमा जनतासँग गरेका वाचाहरूलाई समेटेर बनाउने दस्ताबेज हो, म यो नीति तथा कार्यक्रम पाँचै वर्ष कायम रहोस् । कायम रहन्छ ।’


Author

थप समाचार
x