दल

फास्ट ट्रयाकबाट संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा टुंगो लाग्दैन : ओली

इकागज |
चैत २५, २०७९ शनिबार १९:४४ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक समितिमा नगइकन नटुंगिने स्पष्ट पारेका छन् ।

शनिबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले छलफलमा संसद्लाई गतिशील बनाउने कुरामा छलफल भएको जिकिर गरे ।


उनले अहिलेको बैठक प्रारम्भिक रहेको र बैठक सकारात्मक रहेको पनि उल्लेख गरे । 

उनले भने, ‘सदनका काम कारबाहीहरूको सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशील ढंगले बढाउने र अहिले आएका समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भयो, यो प्रारम्भिक हो, सकारात्मक छ । समितिमा कुनै न कुनै हिसाबले जानै पर्छ । दुई/तीन दिनभित्र अर्को बैठक बस्छ ।’

अध्यक्ष ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक कुनै न कुनै हिसाबले समितिमा लैजानैपर्ने बताए ।


Author

थप समाचार
x