दुईवटा संसदीय समिति सभापतिमा राप्रपाको दाबी
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईवटा संसदीय समितिको सभापतिमा दाबी गरेको छ ।
संघीय संसद् सचिवालयले संसदीय समिति गठनको प्रक्रिया अगाडि बढाएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईवटा समितिको सभापतिमा दाबी गरेको हो । राप्रपका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो पार्टीले दुईवटा सभापतिमा दाबी गरेको बताए । उनले दुई सभापति आफूहरूले अनिवार्य पाउनैपर्ने उल्लेख गरे ।
राप्रपा प्रतिनिधि सभाको पाँचौं ठूलो दल र दोस्रो ठूलो प्रतिपक्षी दल भएको भन्दै उनले दुई सभापति पाउनु आफूहरूको अधिकार भएको बताए ।
शाहीले समितिमा सदस्यहरूलाई विषयगत ज्ञानको आधारमा पठाउनुपर्ने जिकिर गरे । राप्रपाले आफ्ना प्रतिनिधि सभा सदस्यहरूलाई विषयगत ज्ञान र दक्षताको आधारमा सम्बन्धित समितिमा पठाउने पनि उनले उल्लेख गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया