दल

अमृतपाललाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउनु आपत्तिजनक: सांसद पन्त

इकागज |
चैत २७, २०७९ सोमबार १४:४२ बजे

फाइल फोटो

काठमाडौँ -  एमालेका सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले नेपालमा प्रवेश गरेको भनिएका सिंहलाई नेपालको सुरक्षा निकायले पत्ता लगाउन नसकेपछि बाँकेको जमुनाह नाका भएर भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्नु आपत्तिजनक भएको बताए । 


सांसद पन्तले भने, “कुनै पनि बाह्य देशका सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपालभित्र पसेर यसरी खोजबिन गर्ने अधिकार दिएको छैन । नेपाल स्वतन्त्र सार्वभौम देश हो, यसले आफ्नो आत्म निर्णयको अधिकार आफैँ प्रयोग गर्छ ।” उनले नेपाल–भारत खुला सिमाना अपराधको अखडा भएको भन्दै सीमा नियन्त्रण गर्ने र बाह्य हस्तक्षेप रोक्न सरकारको ध्यानाकर्षण गराए । 


Author

थप समाचार
x