दल

राप्रपाले देशमा भ्रष्टाचार हुन दिँदैन : धवलशमशेर जबरा

इकागज |
चैत २७, २०७९ सोमबार १६:२१ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले आफ्नो पार्टीले देशमा भ्रष्टाचार हुन नदिने बताएका छन् । 

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद जबराले देशमा एनसेल, नक्कली भुटानी शरणार्थी र धितो बोर्ड लगायतका काण्डै काण्ड आएको भन्दै ति सबैलाई राप्रपाले नजिकबाट नियालिरहेको बताए । उनले राप्रपाले देशमा भ्रष्टाचार हुन नदिने उल्लेख गर्दै सरकारलाई सचेत गराए । 


उनले मन्त्रीका छोराहरुले विभिन्न घट्नाहरु घटाइरहेका भन्दै उनीहरुलाई कानूनी कठघरामा लानुपर्ने बताए । उनले भने – ‘यो देशमा भ्रष्टाचार हुन हामी दिने छैनौँ । तपाईहरु सचेत रहनुस् । यो सरकारलाई सचेत गराउन चाहान्छु । सरकारमा बसेका ठुला–ठुला मन्त्रीका छोराहरुले विभिन्न घटनाहरु घटाइरहेका छन् । सरकारले यिनीहरु सबैलाई कठघरामा लानुपर्छ भन्ने मेरो अनुरोध छ ।’

सांसद जबराले जिल्लाहरुमा अझै मलखाद नपुगेको भन्दै तुरुन्त मलखादको व्यवस्था गर्न माग गरे । मल फ्याक्ट्री स्थापना गर्ने कुरा पटक–पटक उठेको भएपनि अझै हुन नसकेको भन्दै यस बारेमा सरकारले संसदलाई जानकारी दिनुपर्ने माग गरे । 

उनले भने, – ‘वर्षायाम आइसक्यो । धान रोप्ने बेला भइसक्यो । जिल्लामा मलखादहरु पुगिरहेको छैन । यो व्यवस्था तुरुन्त राज्यले गर्नुपर्‍ यो । राष्ट्रमा एउटा मलको फ्याक्ट्री लगाउने भन्ने कुरा पटक पटक आइरहेको छ । यो विषयमा नेपाल सरकारले के गरिरहेको छ संसदलाई जानकारी हुनुपर्‍ यो । नत्र योपालि बजेट पास हुन गाह्रो होला ।’

उनले एकदिन देशमा पुनः सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र स्थापना हुने दाबी गरे । 


Author

थप समाचार
x