दल

सरकारलाई उत्तरी सीमानाकाहरु खोल्न बडूको ध्यानाकर्षण

इकागज |
चैत २७, २०७९ सोमबार १६:२७ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

सोमबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले नेपालका उत्तरी सीमानामा रहेका दार्चुलाको तिंकर, ताप्लेजुङको ओलाङचुङ्गोला लगायतका नाकाहरू खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन् । विगत चार वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवन समेत प्रभावित भएको भन्दै उनले नाका खोल्न कूटनीतिक पहल गर्न सरकारसँग माग गरे । 


नाका खुलेमा देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्ने उनको भनाई छ । उनले भने, – ‘नेपाल सरकारले यसलाई गम्भिरतापूर्वक ध्यान लिनु जरुरी छ । र उच्च प्राथमिकताका साथ, महत्वका साथ, गम्भिरतापूर्वक नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, छिटोभन्दा छिटो कूटनीतिक पहल होस् । र यि नाकाहरू सञ्चालनमा आउन् । ताकि हाम्रो अवरुद्ध व्यापार फेरि सञ्चालनमा आओस् । केही अंशमा भएपनि हाम्रो अर्थतन्त्र निर्माणमा यसले योगदान दिन सक्छ । र रोजगारी सिर्जनामा नयाँ अवसर सिर्जना हुनसक्छ ।’

उनले उत्तरी नाका खोलाउने विषयलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्ने बताए । 


Author

थप समाचार
x