संक्रमणकालीन न्यायसंग सम्बन्धित बिषय अदालतले हस्तक्षेप गर्न मिल्दैन : महरा
फाइल फोटो
काठमाडौँ - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्यायसंग सम्बन्धित बिषय न्यायाधीश वा अदालतले हस्तक्षेप गर्ने बिषय नभएको बताएका छन् ।
सोमाबार माओवादी घटकहरुले काठमाडौंमा आयोजना गरेको नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा महराले संक्रमणकालीन न्यायसंग सम्बन्धित बिषयलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगद्वारा नै निरुपण गर्नुपर्ने भन्दै यसमा न्यायाधीश वा अदालतको हस्तक्षेप हुन नहुने बताएका हुन् ।
संक्रमणकालीन न्यायलाई अघि बढाउँदा वृहत विस्तृत शान्ति सम्झौताको मर्म अनुसार नै अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले राज्यको पुनसंरचनासहित शान्ति प्रक्रियालाई निष्कर्षमा पुररयाउनुपर्ने भन्दै पुरानो कानूनद्वारा समाधान खोज्न नहुने बताए । महराले माओवाटी घटकहरुबीच सके एकता नभए कार्यगत एकताका साथ बलियो शक्ति भएर अघि बढ्नुपर्ने धारणा राखे ।
त्यस्तै अन्य माओवादी घटक दलका नेताहरुले माओवादी कमजोर भएकै कारण मुद्धाहरु कमजोर हुने खतरा रहेको भन्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया