दल

फेरि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : सभापति देउवा

इकागज |
चैत २८, २०७९ मंगलबार १५:२० बजे

फाइल तस्बिर

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गरेका छन् । सभापति देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिन सक्ने बताएका हुन् ।

मंगलबार काठमाडौँमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै उनले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पारे । सभापति देउवाले आफ्नो पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिए ।


सभापति देउवाले संविधान अनुसार सरकार बनाउनका लागि पनि आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढ्नु परेको पनि दोहोर्‍याए ।

त्यस अवसरमा सभापति देउवाले शिक्षकहरूको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने आश्वासन दिए । विगतमा शिक्षकहरूले पार्टीका लागि सहयोग गरे पनि उनीहरूको हितमा धेरै काम गर्न नसकेको उनको स्वीकारोक्ति थियो ।


Author

थप समाचार
x