माओवादी केन्द्रको सचेतकमा चौधरी
काठमाडौं- सत्तारूढ नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रूपा सोसी चौधरीलाई मनोनीत गरेको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको संसदीय दलको बैठकले चौधरीलाई सचेतक मनोनीत गरेको सांसद माधव सापकोटाले जानकारी दिए । समानुपातिक सांसद चौधरी कैलालीबाट प्रतिनिधित्व गर्छिन् ।
माओवादीले यसअघि हितराज पाण्डेलाई प्रमुख सचेतक तोकिसकेको छ । बैठकले संसदीय दलको विधान संशोधन गर्न प्रमुख सचेतक पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ । कार्यदलमा प्रतिनिधिसभाबाट पूर्णबहादुर घर्ती र बिमला सुवेदी तथा राष्ट्रिय सभाबाट जगप्रसाद शर्मा र गंगा बेल्वासे सदस्य छन् ।
कार्यदलले अर्को बैठकमा मस्यौदा प्रस्तुत गर्ने संयोजक पाण्डेले बताए। बैठकमा दलका नेता प्रचण्डले कानुन निर्माणलगायत संसदीय गतिविधिमा प्रभावकारी भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया