दल

एकीकृत समाजवादीका अध्यक्ष नेपाल भन्छन्- एमाले संसद् विघटन गर्ने दाउमा छ

इकागज |
चैत २९, २०७९ बुधबार ११:५२ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् । बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको भेटमा नेता नेपालले एमाले संसद् विघटनगरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन् । एमालेको सोचलाई पूरा हुन नदिने उनको भनाइ छ । 

उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए । नेपालले मन र विचार मिल्नेहरूसँग बहस र छलफल गर्न तयार रहे पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने एकताको सम्भावना नरहेको बताए । 'एमालेभित्र अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ । विघटन गर्न सकिन्छ । मध्यावधि अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौं,' उनले भने, 'त्यो बाटोमा त हामी जान सक्दैनौं । संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं ।'


नेता नेपालले केही व्यक्तिले पार्टी छाडेको र विचार मिल्ने बारे धारणा राख्नुलाई व्यक्तिगत निर्णयको विषय भएको बताए । 
 


Author

थप समाचार
x