दल

रघुजी पन्त र ज्ञानेन्द्र शाहीको एउटै माग- कर्मचारीको ट्रेड युनियन खारेज गरौँ

इकागज |
चैत २९, २०७९ बुधबार १६:२६ बजे

काठमाडौं -  संसदमा सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्न माग गरिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद रघुजी पन्त र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले दलपिच्छेका कर्मचारी ट्रेड युनियन खारेज गर्नुपर्ने बताएका हुन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा शिक्षक, कर्मचारीको भूमिका रहे पनि अहिलेको अवस्थामा ट्रेड युनियनको आवश्यकता नरहेको इंगित गर्दै पन्तले खारेज गर्नुपर्ने बताए ।  कर्मचारीहरूको दलीयकरणले समस्या निम्त्याएको उनको भनाइ छ । 


साथै राप्रपा प्रमुख सचेतक शाहीले पनि सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्नुपर्ने भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई कर्मचारीको युनियन खारेज गर्ने नीति ल्याउन सुझाव दिए । 
 


Author

थप समाचार
x