दल

काँग्रेसले माओवादी केन्द्रको विकल्प खोजेको छैन : रामहरि खतिवडा

इकागज |
चैत २९, २०७९ बुधबार १८:१२ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नेपाली काँग्रेसले वर्तमान सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको विकल्प नखोजेको बताएका छन् ।  सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अहिले नेपाली काँग्रेसले सत्ता
लिइहाल्ने अवस्था नरहेको बताएका हुन् । 

काँग्रेसका शीर्ष नेताहरू गठबन्धनलाई दह्रो बनाउन लागिपरिरहेको उनको भनाई छ । उनले भने,  ‘हामी हिजो जे कुरामा प्रतिवद्ध थियौँ । आजपनि त्यही कुरामा प्रतिवद्ध छौँ । कसैका भरका कुरा नसुन्नुहोला । सभापतिजीले पनि त्यसो भन्नुभएको होइन, काँग्रेस फेरि नेतृत्वमा आउने अवसर प्राप्त गर्‍यो । राष्ट्रपति पायो । गठबन्धनबाट गुमेको थियो । अरु पदहरु पनि पाएको छ । यो हाम्रो लागि सुखद् हो भन्ने सेन्समा भनेको हो । राष्ट्रपति पाउनु नै काँग्रेसले नेतृत्व पायो भनेको हो । अहिले गठबन्धनको विकल्पमा, माओवादीको विकल्पमा काँग्रेसले सत्ता लिइहाल्ने अवस्था पनि छैन । त्यो भएको पनि होइन । तत्काल यो अवस्था छैन । गठबन्धनका विरुद्धमा अहिले कोही बोलेका छैनन् । यसलाई दह्रो बनाउन गगन थापादेखि शेरबहादुर देउवासम्म, शेखर कोइरालादेखि मसम्म लागेका छौँ । आलोपालोको कुरा पछि हुन्छ । अहिले जसरी चलिरहेको छ, त्यसैगरी चल्छ ।’


उनले सरकारले जनअपेक्षा अनुसारका राम्रा कार्यक्रमहरू ल्याओस् भन्ने काँग्रेस सांसदहरुको चाहना रहेको भन्दै सोही कारण कहिलेकाहीँ सरकारलाई आलोचनात्मक सुझाव दिने गरिएको बताए । 


Author

थप समाचार
x