दल

रास्वपाले ढाकाको ठाउँमा विन्दवासिनी काशंकारलाई सांसद बनाउने

इकागज |
चैत २९, २०७९ बुधबार २१:४९ बजे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पवार्टी (रास्वपा) ले डा. ढाकाकुमार श्रेष्ठको स्थानमा विन्दवासिनी काशंकारलाई सांसद बनाउने भएको छ । दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठको सांसद पद खारेज गर्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि  काशंकारलाई सांसद बनाउने भएको हो । 

श्रेष्ठलाई कारबाही गरेसँगै रास्वपाले उनको स्थानमा विन्दवासिनी काशंकार सांसद बनाउने भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।  । बैठकपछि अयोजित पत्रकार सम्मेलनमा लामिछानेले श्रेष्ठले आफ्नो अडियो भएको स्वीकार नगरेपनि पार्टीले छानबिन गर्दा श्रेष्ठकै अडियो प्रमाणित भएको बताए । 


त्यसअघि बैठकबाट बाहिरिदै ढाकाकुमार श्रेष्ठले केही महिना पहिलेको अडियो अहिले ल्याएर प्रचार गर्नु पार्टीमाथि प्रहार भएको बताएका थिए । श्रेष्ठले आफू पार्टीको सदस्यबाट पनि बाहिरिएको र न्यायिक प्रक्रियामा गइसकेको उल्लेख गरे । 

केहिदिन अघि श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएको थियो । 


Author

थप समाचार
x