सभामुखले बोलाएको तीन दलको बैठक स्थगित
काठमाडौँ- सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रमुख तीन दलको बैठक स्थगित भएको छ ।
संसद्को बिजनेसलगायतका विषयमा शुक्रबार दिउँसो १ बजे बस्नेगरी सभामुख घिमिरेले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक आह्वान गरेका थिए ।
तर, बैठक स्थगित भएको र स्थगित बैठक कहिले बस्ने एकिन भइनसकेको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेले संसद्को बिजनेस, संसद्को विषयगत समिति गठनलगायतका विषयमा सहमति जुटाउन तीन दलको बैठक आह्वान गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया