दल

पार्टीको अभिलेखबाट मुकुन्द न्यौपानको नाम हटाउने नेकपा एसकाे निर्णय

इकागज |
बैशाख १, २०८० शुक्रबार १६:८ बजे

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टीको अभिलेखबाट मुकुन्द न्यौपानको नाम हटाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको पार्टी सचिवालय बैठकले पार्टी परित्याग गरेका पार्टीका नेता न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 


यसअघि पार्टीमा नै रहेका बेला न्यौपानेको कुरालाई प्रतिवाद गर्नुपर्छ भन्ने नलागेको उनले बताए । खतिवडाले न्यौपानेले लगाएका आरोपहरू खण्डन गर्न पनि लायक नरहेको जिकिर गरे । न्यौपानेले पेश गरेको प्रस्ताव पार्टीको नेतृत्व र भावनाविपरीत रहेको उनको भनाइ छ ।


Author

थप समाचार
x