दल

रवि लामिछानेलाई विदेशबाट सञ्चालित मान्छेको संज्ञा दिँदै केसीले भने : त्यस्तालाई भगवान मान्नु दुर्भाग्य

इकागज |
बैशाख २, २०८० शनिबार १७:४६ बजे

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सेटिङबाट चलिरहेको आरोप लगाएका छन् ।

जनमोर्चाले शनिबार काठमाडौँमा आयोजना गरेको नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा केसीले नागरिकता नभएकै व्यक्तिलाई निर्वाचन लड्न लडाउने र उपप्रधानमन्त्री बनाउने काम भएकाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सेटिङबाट चलिरहेको पुष्टि भएको बताएका हुन् ।


उनले अहिले मुलुकको राष्ट्रियतामाथि नै विषम परिस्थिति आउँदा राष्ट्रिय जनमोर्चा मात्रै लडिरहेको जिकिर गरे । केसीले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विदेशबाट सञ्चालित मान्छेको संज्ञा दिँदै चितवनमा त्यस्ता मान्छेलाई भगवान मान्नु दुर्भाग्य भएको धारणा राखे ।

लोकतन्त्र गणतन्त्र ल्याउनेहरूले नै मौका पाएपछि सत्ताको दुरुपयोग गरेको उनको भनाइ छ । केसीले पुराना दलका नेताहरूले राष्ट्रियतामाथि नै सौदाबाजी गरेका कारण बाध्य भएर विकल्प खोज्न बाध्य भएको उल्लेख गरे ।​

उनले संघीयताको विरोध गरेकै कारण जनमोर्चालाई आखाको कसिंगर बनाइएको बताए ।


Author

थप समाचार
x