दल

उपप्रमुख रिजाल चीन प्रस्थान

इकागज |
बैशाख २, २०८० शनिबार २१:१३ बजे

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आज चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित ‘वर्कसप फर थ्योरिटिकल लिडर अफ वर्ल्ड कम्युनिस्ट पार्टीज’ नामक कार्यक्रममा नेकपा एमालेका तर्फबाट भाग लिन उनी त्यसतर्फ गएका हुन् । 


कार्यशालामा एसिया, युरोप लगायतका विभिन्न देशका २४ वटा कम्युनिस्ट पार्टीका नेताहरूले ‘विचारधाराको स्थानीयकरण तथा आधुनिकीकरण’ (लोकलाइजेसन एन्ड मोडर्नाइजेसन अफ थ्योरी) विषयमा आ–आफ्ना पार्टीहरूले अंगालेको सिद्धान्त तथा त्यसको प्रयोगका बारेमा धारणा राख्ने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको रिजालले जानकारी दिए । 

नेकपा एमालेका तर्फबाट नेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद, त्यसको प्रयोग र विश्वव्यापी प्रभावका बारेमा अवधारणा प्रस्तुत गर्ने कार्यक्रम छ । भोलिबाट सुरु हुने सो कार्यशाला १५ दिनसम्म सन्चालन हुने कार्यक्रम छ ।


Author

थप समाचार
x